बिमल खेमा युवा मोर्चा खरसाङ टाउन कमिटी गठन

खरसाङ: गोर्खा जनमुक्ति युवा मोर्चाको एउटा सभा महकुमा युवा मोर्चा संयोजक सत्यवन छेत्रीको अध्यक्षातामा पार्टी कार्यालय खरसाङमा सम्पन्न भयो। आजको सभामा पार्टीलाई सुचारु रुपमा अगाडी बडाउनको निम्ति खरसाङ टाउन कमिटी युवा मोर्चा समिति गठन गरियो, जसमा सभापति प्रणील रसाइली, उपसभापति सरेन गिरी, दिपु थामी, सचिव अशेष तामाङ, सहसचिव शनि तामाङ, मधुकर गुरुङ,कोषाध्यक्ष प्रमोद गुरुङ, अर्जुन छेत्री, सल्लाहकार फुप छिरिङ भुटिया, राजीव लामा, बिकी मोक्तान, कार्यकारी सदस्यहरू लगायत 80 जनालाई सामेल गरिएको बताइएको छ। सभामा गोजमुमो केन्द्रिय समिति सहसचिव बिमल दर्जी, केन्द्रिय समिति सदस्य सरण देवान, केन्द्रीय सांगठनिक सचिव योगेन्द्र राई, युवा मोर्चा केन्द्रीय समिति सचिव सुपेन्द्र प्रधान, महकुमा समिति प्रभारी दिपेन्द्र निरौला, सचिव सुरज छेत्री, नारी मोर्चा सभानेत्री शान्ति राई, सचिव अनु प्रधान,नारी केन्द्रीय समिति जशु रसाइली आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *