बिमलपन्थी गोजमुमोद्वारा खरसाङको वार्ड नम्बर 7 मा चुनाउ प्रचार

खरसाङ : बिमलपन्थी गोजमुमो खरसाङ टाउन कमिटीको तर्फबाट खरसाङ बजारमा चुनाउ प्रचार अभियानलाई तीव्र पार्दै लगातार जारी राखेको छ। यसै क्रममा आज खरसाङ नगरपालिकाको वार्ड नम्बर 7 मा बिमलपन्थी गोजमुमो खरसाङ टाउन कमिटीको आयोजनामा घर पसौं अभियान गर्दै चुनाउ प्रचार गरे। यस अवसरमा गोजमुमो खरसाङ महकुमाको प्रवक्ता दिपेन्द्र देवान लगायत खरसाङ टाउन कमिटीका उप सभापति बिक्रम छेत्री, नारी मोर्चाका खरसाङ टाउन कमिटाका सभापति शकुन लामा, उपसभापति देविका प्रधान र पूजा गुरूङ, सचिव शोभा छेत्री, युवा मोर्चाका सभापति प्रणिल रसाईली, सचिव आशिष तामाङ लगायत अन्यहरू उपस्थित थिए। घर दैलोमा गएर चुनाउ प्रचार गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै नारी मोर्चाका उपसभापति देविका प्रधानले आज खरसाङको वार्ड नम्बर 7 -मा चुनाउ प्रचार गरिएको साथै सबै जनताबाट राम्रो रेस्पोन्स प्राप्त भएको अनि सबैको ह्रदयमा अध्यक्ष विमल गुरूङ नै रहेको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *