बिमलपन्थी गोजमुमोद्वारा शिक्षाविद् शान्ति प्रधानको घरमा सेनिटाइज

खरसाङ : गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङको निर्देशनमा खरसाङको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयकी पूर्व प्रधान अध्यापिका एवम् शिक्षाविद् शान्ति प्रधानको घरमा गोजमुमो खरसाङ महकुमा समितिद्वारा सेनिटाइज गरियो। गत केही दिन अघि शान्ति प्रधानकी बहिनी कान्ति प्रधानको निधन भएको थियो भने तिनी पनि अस्वास्थ्य भएको कारणले गर्दा गोजमुमो अध्यक्ष बिमल गुरुङको निर्देशनमा पार्टीका पदाधिकारीहरू घरमै पुगेर तिनीसित भेटघाट गरी घरमा सेनिटाइज गरेको बताइएको छ।  गोजमुमो टोलीले शिक्षाविद् शान्ति प्रधानको घरका सबै कोठाहरू लगायत यसको वरिपरि सेनिटाइज गरिदिएको छ। यस अवसरमा गोजमुमो खरसाङ महकुमा समितिद्वारा मास्क तथा सेनिटाइजरहरू पनि तिनलाई प्रदान गरिएको छ। उक्त भेटघाट र सेनिटाइजको कार्यमा गोजमुमो खरसाङका कार्यकारी सभापति बिक्रम तामाङ, सचिव विकास तिरुवा, प्रचार प्रसार सचिव सुजता गुरुङ, साङ्गठनिक सचिव देबु गुरुङ, हिरा प्रधान लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *