बिमलपन्थी गोजमुमोको जोगमाया चियाबारीमा चुनाउ कमिटी गठन

खरसाङ: खरसाङको तीनधारे महानदी समष्टिको जोगमाया चियाबारीमा बिमलपन्थी गोजमुमोको चुनाउ कमिटी गठन गरियो। घैयाबारीको गोलकोटीमा जोगमाया चियाबारीलाई लिएर शाखा सभापति राजु तामाङको अध्यक्षतामा चुनावी सभा सम्पन्न भयो। नवीन थापाले सञ्चालन गरेको सभामा बिमलपन्थी गोजमुमोका पदाधिकारीहरू क्रमैले रञ्जित तामाङ, नवीन थापा, निलम छेत्री, युकास प्रधान र वरिष्ठ नागरिक दुर्गे तामाङ आदिले आ-आफ्नो वक्तव्य राखे। यसै सभामा जोगमाया चियाबारीको लागि चुनाउ कमिटी गठन गरियो, जसमा सभापति दुर्गे तामाङ, उप सभापति राजु तामाङ, सचिव निलम छेत्री, सह सचिव गुञ्जे तामाङ लगायत नौजनाको कार्यकारी सदस्यहरू चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *