बिमलपन्थी गोजमुमोको खरसाङमा विराट जनसभा

खरसाङ : लगभग तीन वर्षपछि बिमलपन्थी गोजमुमोको विराट जनसभा आज खरसाङमा सम्पन्न भयो। जनसभा शुरू हुन अघि खरसाङको टुरिस्ट लजबाट एउटा विराट र्या्ली निकालेर यहाँको वर्द्धवान रोड हुँदै मोटर स्ट्याण्ट पुगेर जनसभामा परिणत भयो। र्याालीमा लगभग तीन वर्षपछि पहाड़ फर्किआएका गोजमुमो महासचिव रोशन गिरी र दिपेन माले पनि उपस्थित थिए। गोजमुमो महासचिव रोशन गिरी र युवा मोर्चा नेता दिपेन मालेलाई ठाउँ ठाउँमा मानिसहरूले खदा लगाई दिँदै स्वागत जनाए।


यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै मोर्चा महासचिव रोशन गिरीले आज तीन वर्षपछि पहाड़ फर्किआउँदा जनताले आफूहरूलाई उत्साहित बनेर स्वागत जनाएकोमा हामी धेरै खुशी छौँ र आजको भीड़ले जनता हाम्रो साथमा रहेको स्पष्ट भएको बताए। यसको साथै तिनले अनित-विनय जबरजस्ती नेता भएको हो, जनताले बनाएको होइन भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *