बिमलपन्थी गोजमुमो खरसाङ महकुमा समितिद्वारा शहीदहरूलाई श्रद्धाञ्जलि

खरसाङ : बिमलपन्थी गोजमुमो खरसाङ महकुमा समितिद्वारा आज खरसाङ टाउनको पार्टी कार्यालयमा 2017 को गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरूलाई स्मरण गर्दै धुप-द्वीप प्रज्वलन गरेर श्रद्धाञ्जलि अर्पण गरे। विगत 2017 मा भएको भाषा अनि गोर्खाल्याण्डको नाममा गरिएको आन्दोलन कालमा पुलिसको गोली लागेर शहीद बनेका शहीदहरूका पुण्य आत्माहरूलाई श्रद्धाञ्जली चढाउन भनी आज खरसाङ टाउन अन्तर्गत निजी पार्टी कार्यालयमा गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा बिमल खेमाका पदाधिकारीगण साथै कार्यकर्ताहरुले एउटा कार्यक्रम गरे। कार्यक्रममा उपस्थित सबैले आजकै दिन विगत 17 जून 2017 को दिन गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएकाहरूको फोटोमा धुप द्वीप प्रज्वलन गर्नको साथै खदा-माला चढाएर श्रद्धाञ्जलि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *