बिमलपन्थी गोजमुमो तीनधारे महानदीको समष्टि स्तरीय कमिटी गठन

खरसाङ : बिमलपन्थी गोजमुमो तीनधारे घैयाबारी महानदी समष्टि स्तरीय कमिटी गठन गरियो। उक्त समितिको गठन कार्यक्रम तीनधारेको राजबारीस्थित जनसेवा संघ भवनमा आठवटा ब्लकहरूलाई लिएर खरसाङ महकुमा अध्यक्ष प्रदीप मगरको सभापतित्वमा सम्पन्न भयो। सभामा गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समितिका बिमल दर्जी, खरसाङ महकुमाको सचिव सुरज छेत्री, प्रवक्ता दिपेन्द्र देवान, समष्टिका प्रतिनिधिहरू लगायत नारी मोर्चाका सदस्यहरू उपस्थित थिए। तीनधारे महानदी समष्टिलाई सांगठनिक रूपमा अझ सुदृढ बनाउन आज समष्टि स्तरीय कमिटी गठन गरिएको बताइएको छ। उक्त कमिटीमा सभापति आइतमान राई, सचिव सुरेशचन्द्र दर्नाल, उप सभापति  द्वय समीर तामाङ र तिलकचन्द्र थापा, सह-सचिव द्वय सागर छेत्री र नारायण छेत्री, कोषाध्यक्ष मेगराज प्रधान, सह-कोषाध्यक्ष राजु गुरुङ, सांगठनिक सचिव  दिपक प्रधान, सल्लाहकार  आरएन प्रधान, महेश राई, सबीन तिवारी, वाणी विलास सिंह अनि कार्यकारीणी सदस्यहरू लगायत मोठ 26 जनाको कमिटी गठन गरिएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *