बिमलपन्थी गोजयुमो पुल बिजनबारी गोक समष्टिद्वारा बाइक र्‍यालीको माध्यमद्वारा चुनाउ प्रचार

बिजनबारी: पुल बिजनबारी समष्टि गोजमुमो युवा मोर्चा बिमलपन्थीको आयोजनामा बाइक र्‍यालीको माध्यमद्वारा प्रार्थी पीटी ओलाको समर्थनमा चुनाउ प्रचार गरियो। उक्त बाइक र्‍याली सिङला बजारदेखि पुलबजार, बिजनबारी, कैंजले हुँदै कोलबोङ पुगेर पथसभा परिणत भयो। उक्त पथ सभामा समष्टि संयोजक विनय सुब्बा, नारी मोर्चा केन्द्रीय कोषाध्यक्ष शशीडोमा राई, युवा मोर्चा केन्द्रिय सदस्य यौवन गुरुङ लगायत समष्टि नेता मण्डल राईले सम्बोधन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *