विमलपन्थी नेता विमल दर्जी भ्रातृ शोकमा

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा विमलपन्थी केन्द्रीय नेता विमल दर्जी भ्रातृ शोकमा परेका छन्। तिनको 49 वर्षीय साइँला भाइ बिवस दर्जीको आज दिउँसो 1 बजे निधन भयो। तिनी गत 25 मईको दिन ब्रेन स्टोक भएर उत्तर बंगाल न्युरो सेन्टरमा उपचाराधीन अवस्थामा थिए। भूमिगत नेता विमल दर्जीको भाइ बिवस दर्जीले आफुपछि पत्नी, दुई छोरा, आमा, दाजु र कान्छा भाइ छोड़िगएका छन्। आफ्नो भाइ बिवस दर्जीको अन्तिम संस्कार सिलगढीको महानन्द घाटमा गरिएको साथै तिनको अन्त्येष्टि कार्य आगामी 13 जुनको दिन तीनधारेमा गरिने भएको छ।


(फाइल फोटो)


Leave a Reply

Your email address will not be published. Required fields are marked *