बिमलपन्थी युवा मोर्चा अम्बटे ब्लक कमिटी गठन

खरसाङ : युवा मोर्चाको अम्बटे ब्लक कमिटी गठन गरियो। खरसाङको अम्बटेमा देवलाल लामाको निवासस्थानमा बिमलपन्थी गोजमुमो अम्बोटिया ब्लक कमिटीद्वारा सम्पूर्ण युवाहरूलाई लिएर अम्बोटिया युवा मोर्चा ब्लक कमिटी गठन गरियो। उक्त युवा मोर्चाका ब्लक कमिटीमा सभापति मोपेन थापा, उप सभापति बिजय दर्नाल, प्रबल छेत्री, सचिव बिसनु मोक्तान, पवन गजमेर, पंकज लामा, कोषाध्यक्ष किस्मत गुरुङ लगायत कार्यकारी सदस्यहरू पनि चयन गरिएको युवा मोर्चा खरसाङ महकुमाको संयोजक सत्यम छेत्रीले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *