बिमल पन्थी युवा मोर्चाद्वारा घैयाबारीको उदय संघ क्षेत्रमा सेनिटाइज

खरसाङ : बिमल पन्थी युवा मोर्चाका घैयाबारी खण्ड समितिको आयोजनामा आज घैयाबारीको उदय संघ अन्तर्गत पर्ने सबै घरहरूमा सेनिटाइज गरियो। बिमलपन्थी युवा मोर्चाले घैयाबारी अन्तर्गत पर्ने 13 वटा शाखामा नै लगातार रुपमा सेनिटाइज गरिरहेको छ भने आज उदय संघको निमन्त्रणामा सेनिटाइज गरेको बताइएको छ। सेनिटाइजपछि बिमलपन्थी युवा मोर्चाका घैयाबारी खण्ड समितिका सचिव सन्दीप प्रधानले पत्रकाहरूसित कुराकानी गर्दै घैयाबारीमा कोरोनाको मामिला बढ़दै गएकोले बिमलपन्थी युवा मोर्चाका घैयाबारी खण्ड समितिद्वारा प्रत्येक घरमा गएर सेनिटाइज कार्य गरेको र यस कार्यमा उदय संघका पदाधिकारीहरूले पनि सहयोग गरेको बताएका छन्। तिनले गोजमुमो अध्यक्ष बिमल गुरुङले प्रदान गरेको माक्स, सेनिटाइजर र पीपी किट्सहरू लगाएर प्रत्येक घरमा गएर सेनिटाइजको कार्य गरिएको बताए। अर्कोतिर, उदय संघका पदाधिकारीहरूद्वारा बिमलपन्थी युवा मोर्चाका घैयाबारी खण्डको युवाहरूलाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *