बिमलपन्थी युवा मोर्चाद्वारा तीनधारे क्षेत्रमा सेनिटाइज

खरसाङ : बिमलपन्थी युवा मोर्चाद्वारा आज खरसाङ खण्ड अन्तर्गत पर्ने तीनधारे क्षेत्रमा सेनिटाइज गरियो। बिमलपन्थी युवा मोर्चाद्वारा तीनधारे चियाबारी, गोलाई पाखा लगायत संलग्न क्षेत्रहरूमा आज सेनिटाइज गरियो। युवा मोर्चाका केन्द्रीय सदस्य युकास प्रधान र युवा मोर्चाका खरसाङ महकुमा समितिका सदस्य युवराज प्रधानको अगुवाईमा गौरव तामाङ, रोशन तामाङ आदिले विभिन्न क्षेत्रहरूमा सेनिटाइजको कार्य गरे। कोभिड 19-को संक्रमणबाट मानिसहरूलाई बचाउन हामी अघि आएर कार्य गरिरहेको बिमलपन्थी युवा मोर्चाका सदस्य युकास प्रधानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *