बिमलपन्थी युवा मोर्चाद्वारा तीनधारे बजार क्षेत्रमा सेनिटाइज

खरसाङ : खरसाङ खण्ड अन्तर्गत तीनधारे क्षेत्रमा बिमलपन्थी युवा मोर्चाद्वारा आज तीनधारेको बजार क्षेत्रमा सेनिटाइज गरियो। युवा मोर्चाले तीनधारे बजारको घर-घर घुमेर सेनिटाइज गरेको जानकारी प्राप्त भएको छ। उक्त सेनिटाइजको कार्य बिमलपन्थी युवा मोर्चाका केन्द्रीय सदस्य युकास प्रधान र खरसाङ महकुमा समितिका सदस्य युवराज प्रधानको अगुवाईमा सम्पन्न गरियो। यस सम्बन्धमा बिमलपन्थी युवा मोर्चाका केन्द्रीय सदस्य युकास प्रधानले आज हामीले तीनधारेको बजार क्षेत्रमा सेनिटाइज गरेको र तीनधारेको छोड़िएको गाउँहरूमा भोलिदेखि घर-घर पुगेर लगातार रूपमा सेनिटाइजको कार्य शुरू गरिने बताए। तिनले आजको सेनिटाइजको कार्यमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *