बिमलपन्थी युवा मोर्चाको तीनधारे महानदी समष्टि कमिटी गठन

खरसाङ : बिमलपन्थी युवा मोर्चाको तीनधारे-महानदी समष्टी गठन गरिएको छ। गोजमुमो अध्यक्ष बिमल गुरुङको आदेशानुसार तीनधारे घैयाबारी महानदी समष्टि युवा मोर्चा गठनार्थ हेतु युवा मोर्चाका सभा युवा मोर्चा खरसाङ महकुमा समितिका सभापति सत्यवान छेत्रीको अध्यक्षतामा समष्टि गठनार्थ सभाको आयोजना गरियो। उक्त सभामा खरसाङ महकुमा युवा मोर्चा संयोजक सत्यवान छेत्री, तीनधारे- घैयाबारी महानदी समष्टि गोजमुमो सभापति आईतमान राई, खरसाङ सहसचिव नारायण छेत्री, महकुमा युवा मोर्चा सह सचिव युवराज प्रधान, केन्द्रीय समिति सदस्य योगराज प्रधान, घैयाबारी नारी मोर्चा, तीनधारे खण्ड समिति सभापति सचिव एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यस सभामा युवा मोर्चाका 28 जना कार्यकारी सदस्यहरूलाई लिएर समष्टि कमिटी गठन गरियो। उक्त तीनधारे घैयाबारी महानदी समष्टि युवा मोर्चामा चयन भएका पदाधिकारीहरूमा सभापति मनोज थापा, उप सभापति युकास प्रधान, सचिव सफर दर्नाल, सह सचिवमा सरोज सुब्बा, कोषाध्यक्ष रञ्जीत तामाङ, मुख्य सल्लाहकारमा सुभम थापा, दावा लामा, सूर्य राई लगायत अन्य कार्यकारी सदस्यहरु पनि चयन भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *