विमानमा सवार मन्त्री अरूप विश्वाससहित यात्रुहरू भाग्यले बाँचे

कोलकाता : कलकत्तादेखि सिलगढी आइरहेको एउटा विमान दमदम हवाईअड्डाबाट उडान भरेपछि आज असिना पानी पर्न शुरू भयो। अधिक असिना पानीको कारण पायलटको अघिल्तिरको ऐना फुटेपछि उक्त विमानलाई एमरजेन्सी ल्यान्डिङ गराइयो। उक्त विमानमा सवार भएका राज्यका मन्त्री अरूप विश्वासलगायत अन्य यात्रीहरू भाग्यले बाँचे। यसपछि सबै यात्रीहरूलाई अर्को विमानमार्फत् दमदम हवाईअड्डादेखि बाघडुग्रा हवाईअड्डामा ल्याइयो। बाघडुग्रा हवाईअड्डामा ओर्लिएपछि ती विमानमा सवार यात्रीहरूले आफूहरू आज भाग्यले बाँचेको बताउँदै घटनाको जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *