विनयखेमा रिम्बिक लोधोमा समष्टिको चुनावी सभा

रिम्बिक: गोजमुमो विनय खेमा रिम्बिक लोधोमा समष्टि कमिटीले चुनावी प्रचार प्रसारलाई तीव्र गतिमा अघि बढाएको छ। यसै क्रममा सुदूरवर्ती बुथ संख्या 23/1 र 23/4 मा चुनावी सभाको आयोजना गरियो। समष्टि सभापति नोर्देन शेर्पाको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त सभामा उपस्थित सबैलाई भावना तथा आवेशको साटो यथार्थलाई मनन गर्दै आउँदो विधानसभा चुनाउमा आफ्नो बहुमूल्य मतदान खसाल्ने समष्टि सभापति शेर्पाले अनुरोध गरे। पार्टीले सर्वाङ्गीण विकासलाई ध्यानमा राखेर एकजना योग्य उम्मेदवार दिएको तिनले बताए। दुवै बुथ कमिटीका कार्यकर्तासँगै स्थानीय समर्थकहरूको उपस्तिथिमा सम्पन्न सभामा समष्टि महासचिव मिलन प्रधान, उपाध्यक्षहरू गङ्गा प्रसाद दाहाल, टासी शेर्पा, खन्जु शेर्पा, युवा मोर्चा सभापति बिजय चौहान, फिन्जु शेर्पा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *