विनय खेमा चुङथुङ मेरीबुङ तामसाङ समष्टिको सभा

बिजनबारी : गोजमुमो विनय खेमा चुङथुङ मेरीबोङ तामसाङ समष्टि अन्तर्गत लोअर चुङथुङ 23/61 अनि 23/62-को बुथ स्तरीय सभा आज चुङथुङ 12 गोलाई सार्वजनिक भवनमा सम्पन्न भयो। सभालाई युवा महासचिव अरूण छेत्री, धिरेन गुरूङ, चन्दन घिसिङ, विरेन्द्र तामाङ, विकास घिसिङ, विश्वास गुरुङले सम्बोधन गरे। यसै क्रममा समष्टि सभापतिले बिजनबारी रोड चाँड़ै बनाइने साथै 12 गोलाईको अँधुरो सार्वजनिक भवनको निर्माण कार्य पनि हिजोदेखि नै शुरू गरिएको बताए। तिनले गत दिनहरूमा टीएमसी र जापबाट सामेल भएका समर्थकहरूलाई पनि आज स्वागत जनाएको थप जानकारी गराए। मनोज मुखियाको अध्यक्षतामा सम्पन्न सभामा गोजमुमो युवा महासचिव अरूण छेत्री, प्रवक्ता सन्दीप छेत्री, समष्टि सभापति बीआर राई लगायत बुथ स्तरीय प्रतिनिधि अनि सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *