विनय खेमाद्वारा रेलिङ कैजले समष्टिको विभिन्न ठाउँहरूमा सेनिटाइज

बिजनबारी: कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई ध्यानमा राखेर यसको रोकथाम गर्ने उद्देश्य लिएर आज आफू पनि बाँचौ अरूलाई पनि बचाऊँ भन्ने मूल मन्त्रको साथमा गोर्खा जनमुक्ति मोर्चा विनय खेमाको पहलमा रेलिङ कैजले समष्टिको विभिन्न ठाउँहरूमा सेनिटाइज गरियो। आज बिहानैदेखि शुरू गरेको सेनिटाइज कार्य रेलिङ बिहिबारे खोलाघारी हुँदै कैजले बजारसम्म पुगेर त्यहाँको विभिन्न ठाउँहरूमा सेनिटाइज गरियो। यस अवसरमा गोजमुमो उपाध्यक्ष सतीश पोख्रेलले कोरोना महामारीको समयमा स्थानीय मानिसहरूको के-कस्तो सहयोग गर्न सकिन्छ भन्ने आफूहरूको प्राथमिकता रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *