विनय खेमाका प्रार्थी केशवराज पोख्रेललाई भूतपूर्व सैनिक संगठनले समर्थन गर्ने  

बिजनबारी: भारतीय गोर्खा सैनिक तथा अर्द्धसैनिक सङ्गठन एवम् दार्जिलिङ पुल बिजनबारी खण्ड स्तरीय भूतपूर्व सैनिक सङ्गठनको संयुक्त आयोजनमा आज एउटा सभा सम्पन्न भयो। स्थानीय बिजनबारी सार्वजनिक भवनमा सम्पन्न सभामा प्रमुख अतिथिका रूपमा कर्णल केशव राई उपस्थित थिए भने अन्य अतिथिहरूमा मेजर किरण राई, सुबेदार मेजर एसबी राई, सुबेदार पी भोटिया, हवल्दार सौरभ राई, सुबेदार आरके गुरूङ आदि उपस्थित थिए। सभालाई सम्बोधन गर्दै कर्णल केशव राईले आउँदो विधानसभा चुनाउमा भाजपा र टीएमसीको भिडन्तमा आफूहरू सामेल नहुने बताए।


दार्जिलिङ पहाडको जातीय भाषा, संस्कृतिक तथा भेष-भूषालाई बचाउने उद्देश्य लिएर आफूहरूले यसपल्टको विधानसभा चुनाउमा नयाँ सोच नयाँ विचार भएको पार्टी गोजमुमो (विनय खेमा)-का उम्मेद्वार केशवराज पोख्रेललाई समर्थन जनाउने तिनले घोषणा गरे। सभालाई सुवेदार टी भोटिया, नायक सुवेदार राजीब राई आदिले पनि सम्बोधन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *