विनय खेमाको नारी मोर्चा जिल्ला सदस्य चन्द्रिका छेत्रीद्वारा राजीनामा

कालेबुङ : गोजमुमो विनय खेमा कालेबुङ जिल्ला समितिमा पैह्रो जाने क्रम यथावत् रहेको छ। आज फेरि कालेबुङ जिल्लाका नारी मोर्चाका एकजना सदस्यले आफ्नो पद तथा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिइन्। प्राप्त जानकारीअनुसार कालेबुङ जिल्ला नारी मोर्चा सदस्य चन्द्रिका छेत्रीले पनि आज पार्टीबाट राजीनामा दिइन्। पार्टीका शीर्ष जिल्ला नेतृत्वहरूले गरिरहेको दमन नीति तथा भेदभावको विरोधमा नै आफूले राजीनामा दिएको चन्द्रिका छेत्रीले बताएकी छन्। राजीनामा दिएपछि तिनले भनिन्, मोमो बेच्छु तर आत्म स्वाभिमान बेच्दिनँ। स्मरण रहोस्, चन्द्रिका छेत्री गोजमुमो विनय खेमा कालेबुङ जिल्लाको 35 नम्बर समष्टि नारी मोर्चाबाट जिल्ला प्रतिनिधि सदस्य थिइन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *