विनय खेमाको सौरेनी समष्टि चुनाउ कार्यालयको उद्घाटन

मिरिक : गोजमुमो विनय खेमा सौरेनी समष्टिको चुनाउ कार्यालय आजदेखि खोलियो। उक्त चुनाउ कार्यालयको आज गोजमुमो मिरिक महकुमा सचिव तथा पार्टीका चुनाउ प्रभारी अरूण सिग्चीले विधिवत् रूपमा उद्घाटन गरे। उक्त चुनाउ कार्यालयबाट नै अब यस क्षेत्रको सबै राजनैतिक चुनाउ क्रियाकलाप गरिने भएको छ। गोजमुमो सौरेनी समष्टि सचिव विनय सुब्बाले पार्टीको सबै भ्रातृ संगठनहरूलाई चुनाउ कार्यालयबाट नै सबै काम हुने जानकारी दिँदै चुनाउ सम्बन्धि सबै कार्यहरूको लागि यस कार्यालयमा सम्पर्क गर्ने आह्वान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *