विनय खेमाको युवा मोर्चा चुनाउ कमिटी गठन

सुकेपोखरी: गोर्खा जनमुक्ति युवा मोर्चा विनय खेमा सुके मानेभञ्ज्याङ समष्टिको चुनावी सभा समष्टि अध्यक्ष टाँसी भोटियाको अध्यक्षतामा सम्पन्न भयो। यसैबीच फेरि पार्टीमा फर्कि आएका नोर्देन लेप्चालाई स्वागत जनाइयो। सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत पर्ने सात वटा बूथ कमिटीका युवाहरूलाई लिएर सम्पन्न गरिएको सभामा युवा मोर्चाको चुनाउ कमिटी पनि गठन गरियो। युवा मोर्चा समष्टि प्रवक्ताले यसबारे जानकारी दिँदै आगामी विधानसभा चुनाउमा गोजमुमो विनय खेमाका योग्य उम्मेद्वारलाई मतदान गरेर विजयी बनाउने तिनले अपिल गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *