विनय खेमा नागरी धजे समष्टिको साङ्गठनिक सभा

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा विनय खेमा नागरी धजे समष्टि पार्टी कार्यालयमा आज साङ्गठनिक सभा सम्पन्न भयो। समष्टि अध्यक्ष अञ्जुल चौहानको अध्यक्षतामा सम्पन्न सभामा मलट राई गाउँबाट अन्य पार्टीका तीनजना शिभम राई, अनिस राई अनि विश्वास राई गोजमुमो विनय खेमामा सामेल भएका छन्। जातिको निम्ति पार्टी अध्यक्ष विनय तामङले गरेको त्याग र समर्पण साथै जीटीए अध्यक्ष अनित थापाले पहाड़को विभिन्न ठाउँहरूमा गरेको विकासमूलक योजना मार्फत् साधारण जनताको आवश्यकताहरू पुरा गर्दै आइरहेकोले गर्दा नै विनयखेमामा सामले भएको शिभम प्रधानले बताए। समष्टि अध्यक्ष अञ्जुल चौहान अनि उपाध्यक्ष चन्द्र राईको बाहुलीबाट दलीय झण्डा  प्रदान गरेर तिनीहरूलाई पार्टीमा स्वागत जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *