विनय खेमा सुके मानेभञ्ज्याङ समष्टिको चुनावी सभा

सुकेपोखरी : गोर्खा जनमुक्ति नारी मोर्चा विनय खेमा सुके मानेभञ्ज्याङ समष्टिको चुनावी सभा समष्टि समन्वय समिति अध्यक्ष उदय देवानको अध्यक्षतामा आज सम्पन्न भयो। नारी मोर्चा समष्टि सभानेत्री अञ्जना डुक्पा तथा अन्य नेतृत्वको उपस्थितिमा मानेभञ्ज्याङ ब्लक कमिटीलाई लिएर सम्पन्न सभामा वक्ताहरूले यस पटकको विधानसभा चुनाउमा दार्जिलिङ विधानसभा क्षेत्रका प्रार्थी केशवराज पोख्रेलको जीत सुनिश्चित गर्न दिलोज्यानले लागिपरेको बताए। डीआई फण्ड, वन बस्ती लगायतका समस्या सामधानमा नयाँ सोच र नयाँ विचारका धनी गोजमुमो नेतृत्वको पहल स्वागत योग्य रहेको कुरा उठान गर्दै तिनीहरूले शिक्षा तथा बेरोजगार समस्या सामधानको निम्ति पनि विनयपन्थी प्रार्थी केशवराज पोख्रेललाई विपुल मतले विजयी बनाउन आवश्यक रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *