विनय खेमा युवा मोर्चा सुके-मानेभञ्ज्याङ समष्टिको सभा

सुकेपोखरी : गोर्खा जनमुक्ति युवा मोर्चा सुके-मानेभञ्ज्याङ समष्टि अन्तर्गत मजुवा ब्लक कमिटीको सभा समष्टि अध्यक्ष टासी भोटियाको अध्यक्षतामा आज सम्पन्न भयो। स्थानीय सार्वजनिक भवनमा सम्पन्न सभामा आगामी विधानसभा चुनाउका प्रार्थी केशवराज पोख्रेलको जीत सुनिश्चित गर्न के कस्तो पहल गर्नुपर्ने हो भन्नेबारे चर्चा परिचर्चा गरियो। विशेष युवा जमातको एकाधिक समस्या सामधानको दिशामा युवा प्रार्थी पोख्रेलबाट विशेष पहल हुने साथै पोख्रेल शिक्षित एवम् योग्य व्यक्ति रहेको कुरा उठान गर्दै तिनीहरूले विपुल मतले पोख्रेललाई विजयी बनाउन कटिवद्ध रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *