विनय पन्थी गोजनामो नागरी धजे समष्टिको सांगठनिक सभा

सुकेपोखरी : विनय पन्थी गोर्खा जनमुक्ति नारी मोर्चा नागरी धजे समष्टिको महत्वपूर्ण  साङ्गठनिक सभा समष्टि सभानेत्री मेनुका प्रधानको अध्यक्षतामा आज सम्पन्न भयो। महकुमा समितिको निर्देशनमा नागरी फार्म सार्वजनिक भवनमा सम्पन्न भएको सभालाई सचिव शीला शर्माले सञ्चालन गरेकी थिइन्। रमा शर्माको स्वागत भाषणपछि शुरू भएको सभामा नारी मोर्चा केन्द्रीय समिति कार्यकारी सभानेत्री सुषमा राई, महकुमा समिति सभानेत्री, सचिवा पासाङ अग्रवाल  गोजमुमो केन्द्रीय सदस्य सीडी बान्तावा, महकुमा समितिका अश्विन स्याङदेन, योगेन प्रधान, प्रमोद शर्मा, समष्टि अध्यक्ष अञ्जुल चौहान, सचिव किशोर छेत्री तथा अन्यको उपस्थिति रहेको थियो। उक्त सभालाई सम्बोधन गर्दै वक्ताहरूले साङ्गठनिक विविध विषयमाथि प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *