विनयपन्थी खरसाङ महकुमा युवा मोर्चाद्वारा नेहुर बालासनमा सेनिटाइजेशन

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा विनय पन्थीद्वारा नेहुर बालासनमा कोरोना पोजेटिभ भएर मृत्यु भएको घर परिसर लगायत 14 र 15 नम्बर वार्डमा पनि खरसाङ महकुमा युवा मोर्चाका सभापति पेबेन्द्र गुरुङको टोलीले सेनिटाइज गऱ्यो। स्थानीय फुर्बा तामाङले बताए अनुसार गत केही दिन अघिदेखि गाउँभरि नै जोरो, खोकी, सर्दी जस्ता रोगले सताएको बेला स्थानीय आनन्द बम्जनलाई उपाचार गर्न सिलगढ़ी लगिएको थियो तर गत 9 जूनको दिन तिनको अचनाक मृत्यु भएको खबरले सम्पूर्ण बालासन नै शोकमा परेको छ। केवल 45 बर्ष मात्र पुगेको आनन्द बम्जनले कोरोनालाई जितेर फर्किने छन् भन्ने गाउँवासीले धेरै आशा साँचेका थिए तर सो पूरा हुन नसकेर परिवारमा आमा, पत्नी र छोरीलाई छोड़ेर गए। आज गाउँ नै दु:खमा परेको समय खरसाङदेखि आएर यसरी सेनिटाइज गरेर सहयोग गरिदिएकोमा युवा मोर्चा अध्यक्ष पेबेन्द्र गुरुङ अनि तिनको टोलीलाई हामी बालासनवासी धन्यवाद दिँदछौँ भनी तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *