विनय तामाङ अनि अनित थापाप्रति बिजनबारीका गाउँलेहरूद्वारा आभार प्रकट

बिजनबारी : गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले हिजो चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत पर्ने घुम चेकपोष्टदेखि बिजनबारी डिग्री कलेजसम्मको मुख्य सड़कको निरीक्षण गरेपछि जीटीए मार्फत् आजदेखि उक्त सडकको निर्माण कार्य युद्धस्तरमा शुरू भएको छ। उक्त सडक निर्माण कार्य शुरू गरिएकोमा गोजमुमो अध्यक्ष विनय तामाङ तथा जीटीए चेयरम्यान अनित थापाप्रति यस क्षेत्रका गाउँलेहरूको पक्षबाट चुङथुङ मेरीबुङ तामसाङ समष्टि अध्यक्ष बीआर राईले आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *