विनय तामाङद्वारा बन्द पानीघट्टा चियाकमानको परिभ्रमण

पानीघट्टा : गोजमुमो दुई अध्यक्ष विनय तामाङले आज मिरिक महकुमाको तराई पानीघट्टाको परिभ्रमण गरेर बन्द पानीघट्टा चियाकमानका चिया श्रमिकहरूसित कुराकानी गरे। दार्जिलिङ तराइ डुवर्स प्लान्टेशन लेबर युनियन तराई खण्डको निमन्त्रणमा तिनी आज जन गुनासो सुन्न पानीघट्टा आइपुगे। तिनले बन्द पानीघट्टा चियाकमानका चिया श्रमिकहरूसित भलाकुसारी गर्दै तिनीहरूको विविध समस्याहरू सुने।


कमानका चिया श्रमिकहरूलाई फौलाईको रकम दिलाइ दिने, दसैँको मुखमा बोनस स्वरूप खर्च दिलाइ दिने वचन दिँदै बन्द अवस्थामा रहेको चियाकमान खोलाउन राज्य सरकार अनि कमानका मालिकसित कुराकानी भइसकेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *