विनय तामाङको नेतृत्वमा हिल टीएमसी नेताहरूले भेटे दार्जिलिङका जिल्लापाल, जीटीए कार्यपालिका र पुलिस अधीक्षकलाई

दार्जिलिङ : जीटीएको पूर्व चेयरम्यान तथा तेस्रो अध्यायका प्रणेता विनय तमाङ अखिल भारतीय तृणमूल कङ्ग्रेसमा सामेल भएपछि आज पहिलोपल्ट हिल टीएमसीका शीर्ष नेतृत्वहरूको एउटा प्रतिनिधि टोलीसित साथमा रहेर तिनले दार्जिलिङको जिल्लापाल, जीटीए कार्यपालिका अनि दार्जिलिङ जिल्लाका पुलिस अधीक्षकसित सौह्रार्द रूपमा भेटघाट गरे। उक्त भेट अवधि प्रतिनिधि टोलीका सदस्यहरूले दार्जिलिङ पहाडको विकास यसको समृद्धि अनि शान्तिको निम्ति औपचारिक रूपमा कुराकानी गरे। उक्त प्रतिनिधि टोलीमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका चेयरम्यान एलबी राई, प्रवक्ता एनबी खवास लगायत अन्य केही शीर्ष नेतृत्वहरू सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *