विनय तामाङको सहयोगमा ऋषिहाटको बन्द सडकबाट हटाइयो पैह्रो 

दार्जिलिङ: वर्षाले ऋषिहाट जाने-आउने मूल सडक पैह्रो गएकोले गर्दा धेरै ठाँउमा बाधित बन्न पुगेपछि क्षेत्रवासीले विभिन्न समस्या भोग्न परिरहेको थियो। यसैले तिनीहरूको समस्यालाई ध्यानमा राखेर तेस्रो अध्याय प्रणेता विनय तामाङको सहयोगमा डोजर लगाएर उक्त बाधित सडकको पैह्रो हटाउने कार्य गरिएको छ।


हाल उक्त सडक भएर वाहनहरूको चलाचल शुरू भएको छ। सडकको पैह्रो हटाइ दिएर सामजिक सेवा तथा सहयोग पुऱ्याएकोमा सम्पूर्ण ऋषिहाटवासीद्वारा विनय तामाङलाई आभार प्रकट गर्नको साथै धन्यवाद टक्राएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *