विनय तामाङको तर्फबाट पीपीई, थर्ममिटर र सेनिटाजर प्रदान

सुकेपोखरी : वर्तमान समयलाई विशेष ध्यानमा राखेर सुके मानेभन्ज्याङ समष्टि अन्तर्गत प्लुङदुङ बस्ती, गैरी गाउँ, प्लुङदुङ चियाबरीमा गोजमुमो केन्द्रीय अध्यक्ष विनय तामाडले हालै भ्रमण गरेपछि उक्त क्षेत्रका स्वास्थ्य अनि आशा कर्मीहरूलाई सुरक्षाको निम्ति चाहिने सर-समान उपलब्ध गराउने दिएको वचन पुरा गरेका छन्। आज तिनले आफ्नो तर्फबाट स्वास्थ्य अनि आशा कर्मीहरूको लागि पठाएको पीपीई कीट, इन्फारेड थर्ममिटर र सेनिटाइजर वितरण गरियो।  नारी मोर्चा सुके मानेभञ्ज्याङ समष्टि सभानेत्री अञ्जना डुक्पा, सचिवा सुनिता छेत्री, बुथ कमिटी सचिव प्रवेश राई लगायत अन्य समष्टि सदस्यहरूको बाहुलीबाट स्वास्थ्य कर्मी र आशा कर्मीहरूलाई ती सर-समान प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *