विनय तामाङको उपस्थितिमा बिजनबारीमा गोजमुमो-को चुनावी सभा

बिजनबारी: विधानसभा चुनाउलाई केन्द्र गरेर चुनावी प्रचारसँगै साङ्गठनिक सभामा अंश ग्रहण गर्न गोजमुमो अध्यक्ष विनय तामाङ आज दिउँसो बिजनबारी आइपुगे। यसपछि तिनले पुल बिजनबारी गोक समष्टिद्वारा आयोजित एउटा चुनावी सभालाई सम्बोधन गर्दै पहाडको तीन आसनमा आफ्नो पार्टीको जीत निश्चित रहेको भन्दै 2019-मा गरे जस्तो गल्ती हामीले कदापि गर्नु हुँदैन भनी बताए।


यसको साथै तिनले समर्थकहरूलाई चुनाउको निम्ति कम्मर कस्ने आहवान पनि गरे। समष्टि सभापति एसएम राईको अध्यक्षतामा आयोजना गरिएको उक्त सभामा पार्टी उपाध्यक्ष सतीश पोख्रेल, युवा मोर्चा सचिव अरुण छेत्री, साङ्गठनिक सचिव मणि कुमार राई, महकुमा प्रवक्ता सञ्जीब छेत्री आदिले सम्बोधन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *