विनय तामाङले गरे चुङथुङ मारेबोङ तामसाङ समष्टिको भ्रमण

बिजनबारी: गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय अध्यक्ष बिनय तामाङले दार्जिलिङ महकुमा भ्रमणको क्रममा चुङथुङ मारेबुङ तामसाङ समष्टिको विभिन्न चियाबारीहरुको परिभ्रमण गरे। उक्त परिभ्रमण कार्यक्रममा विभिन्न राज्यबाट गाउँ फर्की आउनेहरुसित भेटघाट गर्दै तिनीहरूको स्वास्थ अनि समस्याबारे जानकारी लिए।


तिनले यस अवधि खाद्य सामग्री, सेनिटाइजर, मास्क केमिकल स्प्रे माशिनहरु पनि समष्टिका विभिन्न कोरेन्टाइन सेन्टरको निम्ति वितरण गरे। यस अवसरमा गोजमुमो समष्टि अध्यक्ष  बीआर राई, सचिव ललित तामाङ लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *