विनय तामाङले गरे खरसाङमा विभिन्न समष्टिका नेतृत्वहरूसित बैठक

खरसाङ: गोजमुमो अध्यक्ष विनय तामाङले खरसाङ महकुमा अन्तर्गत पर्ने 13 वटा समष्टिका नेतृत्वहरूसितको भेटघाटको कार्यक्रम हुनुअघि आज दोस्रो दिन स्थानीय वासिन्दाहरू सितको भेटघाट गरे। पार्टीका कार्यकर्ताहरुको आग्रह अनुसार टुरिस्ट लजमा पार्टी कार्यकर्ताहरुसँग विनय तामाङले टेबल गफ पनि गरेपछि यहाँको हिलकार्ट रोड हुँदै बजार परिक्रमा गरे। यसको साथै तिनी खरसाङ रेलवे स्टेशन हुँदै बिमारी अवस्थामा रहेका यहाँको 18 नम्बर वार्डका केन्द्रिय कमिटी उपाध्यक्ष प्रणय थापालाई भेट गर्न गए।

यस अवधि बाटोमा जाँदा ब्याङ्क डाँडामा निर्मित गोर्खाको विभूति राम सिंह ठकुरीको प्रतिमामा तिनले खादा अर्पण गरे। यसपछि आज भ्रमणको दोस्रो दिन आज विनय तामाङले खरसाङ महकुमाको पार्टीका केही शीर्ष नेताहरुसँग खरसाङका विधायक रोहित शर्माको उपस्थितिमा बैठक गर्ने भएको पार्टी सूत्रले जनाएको छ। बैठकमा पार्टीको भावी रणनीति अनि पार्टीले लिएको मुद्दाहरू विषय चर्चा गरिने भएको छ। यसैगरी, भोलि 21 जनवरी मिरिकमा अनि 24 र 25 जनवरी दार्जीलिङका पार्टी नेतृत्वहरू अनि कार्यकर्ताहरूसित अध्यक्ष विनय तामाङले महत्वपूर्ण बैठक गर्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes