विनय तामाङले गरे टिस्टाभेल्लीमा बाख्रा पालन केन्द्रको उद्घाटन

टिस्टाभेल्ली: गत केही दिन अघि कोलकातामा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित भएको शीर्षस्थ बैठकपछि गोजमुमो अध्यक्ष विनय तामाङले पहिलोचोटि तकदाह-टिस्टाभेल्ली समष्टिको परिभ्रमण गरे। गेल भञ्ज्याङ बजारमा समष्टि अध्यक्ष डेण्डुप पाख्रीनको एउटा टोलीले गोजमुमो अध्यक्ष तामाङलाई भव्य स्वागत जनाइयो। अध्यक्ष तामाङलाई समष्टिका विभिन्न स्थानहरूमा समर्थकहरूले भव्य स्वागत जनाए। टिस्टाभेल्लीमा गोजमुमो अध्यक्ष विनय तामाङको मुख्य आतिथ्यमा बजार गाउँमा एउटा बाख्रा पालन केन्द्रको उद्घाटन समारोह आयोजना गरियो। गोजमुमो अध्यक्ष विनय तामाङको बाहुलीबाट भूमि पुजन गरेर उक्त अशोका बाख्रा पालन केन्द्रको विधिवत् उद्घाटन गरियो। सुदीप कार्कीले कार्यक्रमलाई सञ्चालन गर्दै आफूले यसरी पहिलोपल्ट बाख्रा पालन प्रक्रियालाई सुव्यवस्थित ढङ्गमा शुभारम्भ गरिनुलाई तत्पर रहेको अनि उक्त स्वनिर्भर व्यवसायिक प्रणालीद्वारा नव युवाहरूलाई बेरोजगार जीवनको विकल्प केवल सरकारी नोकरी मात्र होइन भन्ने एउटा कुशल मार्गदर्शन दिने बताए। यसको साथै आफ्नो स्वनिर्भर केन्द्रमा प्रायः नौ प्रजातिका बाख्राहरू प्रतिजाति पाँचवटा गरेर मोठ 45 पाठी अनि 5 वटा पाठा गरी मोठ 50 वटा बाख्राहरू पालिनेछ भनी तिनले बताए। उक्त बाख्राका प्रजातिहरू सिलगढी, राजस्थान अनि पुणे जस्ता स्थानहरूमा पाइने गरेको सुदीप कार्कीले बताए। उक्त उद्घाटन समारोहमा सम्बोधन गर्दै गोजमुमो अध्यक्ष विनय तामाङले प्रायः एक डेढ महिनाको अन्तरालपछि म आज यसरी सामूहिक कार्यक्रममा सहभागी बन्दैछु, कारण मेरो आपाको गत महिना मात्र देहान्त भएकोले गर्दा मैले साङ्गठनिक कार्यक्रमहरूमा भाग लिएको थिइनँ। तर आज यस टिस्टाभेल्लीका भाइहरूको निमन्त्रणामा यहाँ आउनु पर्यो। सायद गत केही दिन अघि कोलकातामा भएको बैठकपछिको मेरो यो पहिलो साङ्गठनिक सभा एवम् भ्रमण हो भनी तिनले बताए।

तिनले भने, यस गाउँका सुदीप भाइले बाख्रा पालन गरेर स्वनिर्भर हुने एउटा जमर्को कस्नु भएको छ, यो एउटा हाम्रो पहाडको निम्ति ठूलो नमूना हो। यस प्रणालीबाट हाम्रा पहाडका भाइबहिनीहरूले पनि प्रेरणा पाउनेछन् भनी आफू विश्वस्त रहेको बताए। यस बाख्रा पालन केन्द्रको निम्ति आफ्नो पक्षबाट हर प्रकारको सहयोग गर्ने तिनले बताए। तिनले अझ भने, आफूहरूले हामी पहाडमा शान्ति चाहेको बताउँदै आफ्नो मुख्य कर्तव्य शान्ति बनाई राख्नु हो। तर अहिले पहाडमा केही राजनैतिक चलखेल शुरू भएको छ। यस समष्टिमा पनि केही भाइहरू निक्कै उथुल पुथुल गरेको देख्दैछु। ज्यादा उथुल पुथुल नहुनु। उत्ताउली गाई बाघले खाई भन्ने उखान छ। राजनीतिमा धेरै उत्ताउलो गर्नु हुँदैन। त्यो राम्रो हुँदैन। अर्को कुरा कोलकाताको बैठकमा के भयो, के भएन भन्ने कुरामा म तपाईँहरूलाई एउटा नमूना दिन चाहन्छु। जस्तै एउटा बिजनेस गर्ने मान्छेको पैसा सकिन्दा अनुहार कस्तो खस्केको हुन्छ अनि एउटा नोकरी गर्ने मान्छेले महिनाभरि ड्युटी गरेर पनि तलब पाएन भने उसको अनुहार कस्तो हुन्छ? भन्नुको अर्थ मान्छेको अनुहारले पनि धेरै कुराहरूको अर्थ खोल्छ। हिजोको दिनमा कोलकाताको बैठकमा जान अघि पनि मेरो अनुहार यतिकै थियो। बैठकमा पनि यतिकै थियो। बैठक सकेर बाहिर निस्कँदा म अनि महासचिव अनित थापाको अनुहारमा झन चमक देखा परेको छ। यहीँ अनुहारबाट तपाईँहरू धेरै कुरा बुझ्न सक्नुहुन्छ। म धेरै केही भन्दिनँ भनी अध्यक्ष तामाङले बताए। कोलकाताको बैठकअघि हाम्रो क्षमता जति थियो, त्यो भन्दा अझ बढी भएको तिनले बताए।

हामी राजधानी एक्सप्रेस हौं। यहाँ नर्थ इष्ट ट्रेन पनि छ। दुवै ट्रेन दिल्ली नै जान्छ। तर राजधानी एक्सप्रेस चौबीसौँ घण्टामा गन्तव्य पुग्छ भने नर्थ इष्ट ट्रेन चाहिँ छत्तीस घण्टामा दिल्ली पुग्छ। अब कुन ट्रेनमा चढ्नु हुन्छ त्यो तपाईँहरूकै विचार हो। सम्बोधनको क्रममा अध्यक्ष विनय तामाङले राजनीतिमा धेरै आतुर गर्न नहुने बताउँदै टिस्टाभेल्ली बजार गाउँको जीर्ण अवस्थामा रहेको बाटोलाई पनि निर्माणको निम्ति सम्बधित विभागमा चाँडै पहल गरिदिने तिनले आश्वासन दिए। कार्यक्रमलाई समष्टि अध्यक्ष डेण्डुप पाख्रीनले अध्यक्षता गरेका थिए भने समष्टि प्रमुख सल्लाहकार शिक्षक हरि पाखरीन, युवा मोर्चा सभापति सुरेश गुरुङ, सचिव रोजल राई, केन्द्रीय समिति सदस्य शरण छेत्री, साङ्गठनिक सचिव अतित गुरुङ, प्रवक्ता मार्कुस लोहागण, मौसम राणा, समीर सुब्बा, मेण्डुप तामाङ, नारी मोर्चा निरीक्षिका सदिना देवान, रजनी गुरुङ आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbettophillbetjojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahisgrandpashabetjojobetgrandpashabetjojobet girişgrandpashabet girişgrandpashabet güncel girişgrandpashabet girişgrandpashabet girişgrandpashabet güncel girişgrandpashabet girişbetbey giriştlcasinograndpashabet girişbetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltcasibomgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetholiganbet girişgrandpashabetgrandpashabetradissonbetgrandpashabetgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes