विनय तामाङले तृणमूल कङ्ग्रेस प्रार्थीको पक्षमा वार्ड 2 मा गरे चुनाउ प्रचार

दार्जिलिङ: दार्जिलिङ नगरपालिकाको आगामी 27 फरवरीको दिन हुने चुनाउको लागि अल इण्डिया तृणमूल कङ्ग्रेस उम्मेद्वारहरूको पक्षमा पार्टीका नेताहरूले चुनाउ प्रचार शुरू गरेको छ। यसै क्रममा आज वार्ड नम्बर 2 का तृणमूल प्रार्थीको पक्षमा विनय तामाङले आफ्नो पार्टीको प्रार्थी सहित समर्थकहरूको साथमा वार्डको परिभ्रमण गर्दै चुनाउ प्रचार गरे। यस अवधि तिनले तृणमूल कङ्ग्रेसका उम्मेद्वारहरूलाई मतदान गरेर विजय बनाउने सबै वार्डवासीसित अपिल पनि गरे। विनय तामाङले दार्जिलिङ नगरपालिकाको विकास तथा उन्नतिको लागि तृणमूल कङ्ग्रेसको सहयोग बिना सम्भव नरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *