बिन्नागुढी चियाकमानमा रक्तदान शिविर

बिन्नागुढी : बिन्नागुढी चियाकमानमा मदर्स क्लबको आयोजनामा कमानको अस्पताल प्राङ्गणमा आज रक्तदान शिविरको आयोजना गरियो। जलपाईगढी सदर अस्पतालको ब्लड ब्याङ्कको सहयोगितामा आयोजित उक्त शिविरमा आज लगभग 103 जना चियाश्रमिकहरूलगायत कमान इलाकाका स्थानीय मानिसहरूले रक्तदान गरे। बिन्नागुढी चियाकमानका म्यानेजर निरेन मित्रले बताएअनुसार चियाकमानलाई नशा मुक्त कमान बनाउने उद्देश्य लिएर महिला श्रमिकहरूसँग मिलेर मदर्स क्लबको गठन गरिएको साथै उक्त क्लबले सरकारी रेजिस्ट्रेसन पाएको छ। समाजसेवा गर्ने उद्देश्य लिएर नै महिलाहरूद्वारा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *