बिन्नागुढी सेना छाउनीबाट मरेको हात्ती उद्धार

बिन्नागुढी : बिन्नागुढी सेना छाउनी भित्रबाट एउटा मरेको हात्ती उद्धार भएको छ। आज बिहान सेनाका जवानहरूले उक्त मरेको हात्ती देखेपछि घटनाबारे बिन्नागुढी वाइल्ड लाइफ स्क्वाडलाई खबर दिए। घटनाको खबर पाएर वन्य प्राणी शाखाका रेन्जर शुभाशीष राय र जलपाईगढी अनारी वाइल्ड लाइफका वार्डन सीमा चौधरी घटनास्थलमा पुगे। दुईवटा हातीको लड़ाईमा एउटा हात्ती मरेको हुनसक्ने वनकर्मीहरूले प्राथमिक अनुमान लगाएका छन्।  पोस्टमार्टमको रिपोर्ट आएपछि के कारणले गर्दा उक्त हात्ती मरेको भन्नेबारे थाहा लाग्ने वन कर्मीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *