बिन्नी शर्माको बयान तिनको निजी बयान हो : निर्मल सिंह

बिजनबारी: दार्जिलिङ हिल टीएमसीले पहाड़को तीनैवटा विधानसभा आसनमा गोजमुमो विमल खेमालाई सघाउने गत 3 मार्चको दिन घोषणा गरेपछि बिन्नी शर्माले विरोध जनाँउदै दिएको बयानलाई दार्जिलिङ महकुमा हिल टीएमसी महासचिव निर्मल सिंहले विरोध गरेका छन्। तिनले भने, यो तिनको निजी बयान हो। तिनको बयानले कुनै फरक पर्दैन। उनी पार्टीको कुनै पनि पदभारमा रहेका छैनन्। बिमल गुरूङले टीएमसीमाथि जुन भरोसा राखेर तराई डुवर्समा कार्य गर्दैछन् त्यसैले गर्दा हिल टीएमसीले पार्टीको शीर्ष नेतृत्वहरू बसेर पार्टीको आईप्याकको माध्यमद्वारा निर्णय लिएको कुरा सिंहले बताए। तिनले पहाडका जनतालाई भ्रममा नपरिदिने अनुरोध गर्दै पहाड़को तीनैवटा आसनमा बिमल गुरूङको जीत निश्चित रहको पनि बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *