बिनु सुन्दासले आफ्नो वयान फिर्ता लिनु पर्ने मागमा पोस्टरिङ

बिजनबारी: गोरामुमो रिम्बीक लोधोमा समष्टिद्वारा समष्टिको विभिन्न शाखाहरुमा गोजमुमो बिमल खेमाका नेता डाक्टर बिनु सुन्दासको बक्तब्यको बिरोध गर्दै पोस्टरिङ गरेको छ। समष्टीका विभिन्न शाखाका प्रतिनिधिहरुले बिनु सुन्दासले आफ्नो पार्टीको जन्मदातामाथि गलत टिप्पणी गरेकोले आफुहरुमा आघात पुगेकोले उक्त बक्तब्यलाई अविलम्ब फिर्ता लिनुपर्ने माग पोस्टरहरूमा गरिएको छ।


यस सन्दर्भमा समष्टि नेता बुद्ध लक्समले भने, बिनु सुन्दासले दाजिलिङ पहाडमा गोर्खा एकता तथा अखण्डता माझ फाटो ल्याउने वक्तब्य दिए त्यसको हामी खुला रूपमा बिरोध गर्छौ तथा उक्त बयानलाई फिर्ता लिने माग गर्दछौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *