विपन्न परिवारहरूलाई खाद्य अनि आवश्यक सामग्रीहरू वितरण

बिजनबारी : एकातिर कोरोनाको महामारी अनि अर्कोतिर लकडाउनको कारणले गाउँ बस्तीका मानिसहरूलाई आर्थिक संकटले घेरिरहेको अवस्थालाई मध्यनजर गर्दै आज बिजनबारीको रेलिङ सेवा संघको पहलमा अप्पर रेलिङका मोठ 49 विपन्न परिवारहरूलाई बुद्ध लाइट्स इन्टरनेशनल एसोसिएसन दार्जीलिङ च्याप्टरद्वारा आवश्यक खाद्यान्न लगायत मास्क, सेनिटाइजर, अक्सीमिटर प्रदान गरियो। यसबारे बीएलआईए सचिव निमा ग्याम्छो शेर्पाले जानकारी दिएका छन्। यस अवसरमा एसोसिएसन-का अध्यक्ष भान्ते  पेमा, सचिव निमा ग्याम्छो सहित अन्य सदस्यहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *