विरल प्रजातिका पक्षीहरू उद्धार, एकजना हिरासतमा

जलपाईगढी : विरल प्रजातिको पक्षीको व्यवसाय गरेको आरोपमा सुदीप्त मुखर्जी नामक एकजना व्यक्तिलाई हिरासतमा लिएको छ। उक्त घटना देशबन्धुपाडा मोड इलाकामा घटेको हो। गोप्य सूचनाको आधारमा वन विभागको स्पेशल टास्क फोर्सले शुक्रबार बिहान जलपाईगढी सहरको देशबन्धुपाडा इलाकामा रहेको एउटा पक्षी बिक्री गर्ने दोकानमा अभियान चलाएर दुईवटा पहेँलो सुगालगायत दुईवटा विरल प्रजातिको पक्षी उद्धार गरेको बताइएको छ। विरल प्रजातिको उक्त पक्षी 9 हजार रुपियाँमा बिक्री गर्ने गरेको बताइएको छ। स्मरण रहोस्, स्पेशल टास्क फोर्सका रेन्जर सञ्जय दत्तले बिहिबार यस दोकानको जाँच गरेका थिए। यसपछि आज बिहान उक्त दोकानमा अभियान चलाएर उक्त पक्षीहरू उद्धार गरेको हो। स्पेशल टास्क फोर्सका अधिकारीले आरोपी व्यवसायीसँग सोधखोज गरिरहेको साथै वन विभागका अधिकारीहरूले उक्त दोकान सील गरिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BETonwin