बिरामीहरूलाई विधायक निरज जिम्बाद्वारा आर्थिक सहयोग

दार्जिलिङ: विधायक निरज जिम्बाले दार्जिलिङको चुङथुङ मेरिमुङ समष्टिमा भ्रमण गरेर आफ्नो सामाजिक सेवा अभियान अन्तर्गत जनतासित सोझै सम्पर्क गर्नको साथै तिनीहरुको हाल खबर बुझ्दै विपन्न परिवारका सदस्यहरुसित भेटघाट गरे। यसको साथै बिरामीहरुलाई तिनले आर्थिक सहयोग समेत प्रदान गरेका छन्। भेटघाटको क्रममा तिनले अविरल वर्षाको कारण क्षति भएको घर तथा पैह्रो गएका क्षेत्रहरुको पनि निरीक्षण गरे। यसक्रममा तिनले आपतकालीन सहयोगको निम्ति पीडित परिवारहरुलाई तारपोलिन साथै आर्थिक सहयोग पनि प्रदान गरे।


विधायक जिम्बाले आफ्नो क्षमता अनुसार सहयोग पुर्यािउने वचन दिँदै सम्बन्धित विभागहरुमा पनि जनाउने पीडित परिवारहरुलाई आश्वासन गराए। यस समष्टिको दु:खेसो बुझ्न अनि कृषक परिवारहरुलाई तिनीहरुको दैनिक जीवन यापन गर्न थप सहयोग पुर्यािउनको निम्ति समष्टि प्रतिनिधिहरुको परामर्श अनुसार फेरि पनि भ्रमण गर्ने विधायक निरज जिम्बाले वचन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *