बिरामी नानीको लागि जीवनदान सेवा समितिद्वारा आर्थिक सहयोग

सोनादा (निसं) : सोनादास्थित कलेज भेल्लीको एउटा गैर सरकारी संस्था जीवनदान सेवा समितिले आज पुबुङ बस्तीका लिबरको बिरामीले ग्रस्त मात्र तीन महिनाको हालै ओपरेशन भएको नानीको लागि आर्थिक सहयोग प्रदान गरेको छ। नानीको उपचारमा धेरै खर्च लागेको हुँदा केही आर्थिक सहयोग प्रदान गर्न नानीको घरमा पुगेर समितिका प्रतिनिधिहरूले बिरामी नानीका बाजे अनि बोज्यू तथा किरण गाउँ समाजका सभापति अनि सचिवसँग भेट गरेर आर्थिक सहयोग प्रदान गरेको बताइको छ। प्राप्त जानकारी अनुसार, हाल नानीको सफलतापूर्वक हैदराबादमा अपरेशन भएको औ तिनका पिताले नै लिबर डोनेट गरेको परिवार अनि किरण गाउँ समाजका सभापतिले बताएका छन्। त्यसरी नै आजको कार्यक्रमबारे जीवनदान समितिको पक्षबाट मित्र सुब्बाले विशेष जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *