बिरामी नानीको उपचारको लागि आर्थिक सहयोग प्रदान

सिलगढी : मृत्युसित संघर्ष गरिरहेकी एक वर्षीय बालिकाको सहयोगको लागि मानिसहरू अघि आएका छन्। स्मरण रहोस्, सिलगढीको गुरूङ बस्तीस्थित महानन्दा नदी किनार इलाका निवासी नूरजहाँ खातुनको एक वर्षीय छोरी गत केही महीना अघि बिमार भएपछि डाक्टर कहाँ जाँच गराउँदा नानीको मुटुमा प्वाल परेको थाहा पाइन्। उक्त बालिकाको अपरेसनको लागि तीन लाख रुपियाँ खर्च लाग्ने डाक्टरले बताए। पेशाले दर्जी काम गर्ने उक्त बालिकाको बाबुले छोरीको अपरेसनको लागि यति धेरै रकम जुटाउन असमर्थ रहेकोले आफ्नो छोरीको ज्यान बचाउनको लागि आमा-बाबु दुवैले सबैसित सहयोगको अपील गरेका थिए। यसबारे टिस्टा टाइम्स लगायत अन्य च्यानलहरूले न्युज प्रसारण गरेपछि थाहा पाएर गत राति दार्जिलिङ निवासी विवेक गुप्ताले उक्त बिरामी नानीको घरमा पुगेर तिनको आमा नूरजहाँ खातुनलाई उपचारको लागि केही आर्थिक सहयोग प्रदान गरे। उक्त बालिकालाई सहयोग गर्न चाहनेहरूले 96419-12746 नम्बरमा सम्पर्क गर्न सक्ने बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *