बिरामी पुजा राईको आर्थिक सहयोगको निम्ति साधना ब्यान्ड-द्वारा साङ्गीतिक कार्यक्रमको आयोजना

मङ्पू : स्थानीय  नाली डाँडामा मङपु लाब्दा विभाग निवासी बिरामी पुजा राईलाई आर्थिक सहयोग गर्नको लागि साधना ब्यान्ड मङपुको आयोजनमा साङ्गीतिक कार्यक्रमको आयोजना गरियो। बिरामी पुजा राईको हाल दक्षिण भारतको  सीएमसी भेल्लोर अस्पतालमा उपचार चलिरहेको छ भने तिनको मुटुको अप्रेसन गर्ने चिकित्सकहरूले सुझाउ दिएका छन्।


यसैले लाब्दा साधना ब्यान्डद्वारा बिरामीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले आज साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष किरण मोक्तानले जनाएका छन्। साधना ब्यान्डले यस भन्दा अघि पनि धेरैवटा साङ्गीतिक कार्यक्रमहरू गरेर धेरैजसो बिरामीहरूलाई सहयोग गर्दै आइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *