वीरपाड़ाबाट ब्राउन सुगरसहित महिला पक्राउ

वीरपाड़ा : वीरपाड़ा थाना पुलिसले गोप्य सुइँको थाहा पाएर एकजना महिलालाई नशालु पदार्थ ब्राउन सुगरसहित पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार वीरपाड़ाको दालमोड़ निवासी प्रणाम प्रधानको स्वास्नी 22 वर्षीय रुबिना मगरलाई पुलिसले 2 सय 50 ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्रा पर्ने महिलामाथि पुलिसले विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरेको छ। गत राति पक्रा परेकी रुबिना मगरलाई आज जलपाईगढी कोर्टमा पेश गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *