वीरपाडाको गोपालपुर चियाकमानमा खोरमा फस्यो चितुवा

वीरपाडावीरपाडा थाना अन्तर्गत गोपालपुर चियाकमानमा एउटा चितुवा खोरमा फसेको छ। आज बिहान स्थानीय मानिसहरूले गोपालपुर चियाकमानमा वन विभागले थापेको खोरमा एउटा चितुवा फसेको देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर जलदापाडा वन विभागका वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त चितुवा उद्धार गरेर जलदापाडामा लगेको बताइएको छ। स्मरण रहोस्, इलाकामा चितुवा देखापरेको खबर पाएपछि 2 दिन अघि नै वन विभागको मदारीहाट रेञ्जले चितुवा पक्रिनको लागि उक्त इलाकामा खोर थापेको थियो। उक्त खोरमा आज एउटा वयस्क चितुवा फसेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *