वीरपाड़ाको सिङघानिया चियाकमानमा खोरमा फँस्यो चितुवा

वीरपाड़ा : वीरपाड़ाको सिङघानिया चियाकमानमा वन विभागद्वारा थापेको खोरमा एउटा वयस्क चितुवा फँसेको छ। प्राप्त जानकारीअनुसार स्थानीय मानिसहरूले केही दिन अघिदेखि एउटा चितुवा उक्त इलाकामा घुमफिर गरिरहेको देखेपछि यसबारे वन विभागलाई खबर दिए। यसपछि वन विभागले उक्त चितुवालाई पक्रनको लागि इलाकामा एउटा खोर लगाएको थियो। गत राति लगभग 9 बजी स्थानीय मानिसहरूले उक्त खोरमा एउटा वयस्क चितुवा फँसेको देखेपछि यसबारे वन विभागलाई खबर दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *